बबक्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिंग एण्ड कन्स्ट्रक्सन सर्भिसले बबक्याट बी–७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरेको छ।
यससँगै बुकिङ पनि खुला गरिएको छ।
उक्त मेसिन एशियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरिएको हो। नेपाल लगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्री वितरणको लागि तयार पारिएको हो।
बबक्याट बी–७६० लाई नेपालका तराई, पहाड र हिमाल तिनै भू–भागमा पूर्व परीक्षण गरी सार्वजनिक गरिएको हो।
उक्त मेसिनमा रहेको हिटी प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाई)मा परीक्षण गर्दा मेसिन सहजै सञ्चालन भएको थियो।
अमेरिकी प्रविधिबाट निर्मित बी–७६० मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ।
जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ।
यो उच्च बकेट कर्ल एंगलमा बनेको छ। साथै उच्च ब्रेकिङ शक्ति समेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबी कम्पनीले गरेको छ।
यसमा रहेको विशेष कुलिंग सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ। साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ। लामो आर्मका कारण अधिक गहिराईसम्म खन्न सहज हुने कम्पनीको भनाइ छ।
७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै सय भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्स मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ।
अहिले नेपालका काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, नेपालगंज, पोखरा, विरगंज र इटहरी लगायत विभिन्न मुख्य शहरहरुमा रहेका शाखा कार्यालयबाट बुकिङ गर्न सकिनेछ।