होन्डा मोटरसाइकलले नयाँ न्याभी मिनीमोटो सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले अमेरिकी बजारलक्षित सानो चिटिक्क परेको 'क्युट' बाइक सार्वजनिक गर्ने भएको हो। न्याभि मिनीमोटो सन् २०२३ सम्ममा सार्वजनिक हुने बताइएको छ।
न्याभी मिनीमोटो बाइकमा ११० सिसीको इन्जिन जडित हुनेछ। र, यसमा अटोमेटिक ट्रान्समिसन हुनेछ जसले राइडलाई सहज र आरामदायी बनाउने कम्पनीको भनाइ छ। यो हेर्दा सानो र कम्प्याक्ट मोटरसाइकल जस्तै देखिन्छ। यसको सिट उचाई पनि जम्मा ३०.१ इन्चको हुनेछ।
कम्पनीका अनुसार यो बाइकको ह्यान्डिलिङ पनि निकै सहज हुनेछ। कम तौल भएको हुनाले बाइकलाई बढी ट्राफिक हुँदा पनि सहजै चलाउन सकिन्छ। यसमा ज्याकेट, केही खानेकुरा, किताबलगायत सामग्री राख्न सानो स्टोरेज बिन पनि छ।
हाल होन्डा न्याभी संसारको विभिन्न राष्ट्रमा प्रचलित छ। यसमा भएका विशेषताका कारण धेरै चालकको रोजाइमा यो बाइक पर्न सफल देखिन्छ। संसारको केही बजारमा यो बाइक होन्डा ग्रोम नामले समेत परिचित छ।
होन्डा न्याभी मिनीमोटो सार्वजनिक गर्ने विषयमा बोल्दै कम्पनीका खेलकुद एवम् अनुभव प्रबन्धक ब्र्यान्डअन विल्सनले भनेका छन्, ‘नयाँ मिनीमोटोमा भएको विशेषताका कारण यो बाइक चलाउन निकै सजिलो हुनेछ।
यसको डिजाइन सानदार हुनुका साथै यसको सञ्चालन लागत पनि कम पर्नेछ। अमेरिकी बजारमा यो बाइक सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं।’