राजेश हमालले नयाँ जीप कम्पास किनेका छन्। हमाल र उनका श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन्।
जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित भएको हमाल बताउँछन्।
उनले भने, ‘आज जीप किनेर म निकै खुसी छु।’
केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ।
यस्तो गति आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ।
‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं।’
नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ। र कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्न (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ। जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म छ।