रोयल इन्फिल्डले छिट्टै नयाँ हिमालयन बाइक स्क्राम–४११ सार्वजनिक गर्दैछ। कम्पनीले यो नयाँ बाइक फेब्रुअरी २२ अर्थात् फागुन १० गते सार्वजनिक गर्ने बताइएको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले केही समय अघिदेखि नै विभिन्न मोडलका बाइक सार्वजनिक गर्नेबारे जानकारी गराउँदै आएको थियो। सनिबार भने स्क्राम–४११ सार्वजनिक गर्ने मिती घोषणा गरेको हो। हाललाई बाइकको नाम स्क्राम–४११ भनिएता पनि बाइकको ठ्याक्कै नाम घोषणा गरिएको छैन।
नयाँ स्क्राम–४११ निकै सुपथ मूल्यमा उपलब्ध कच्ची बाटो लक्षित बनाइएको बाइक हुनेछ। सार्वजनिकसँगै यो बाइकको बिक्री पनि फागुन दोस्रो सातादेखि सुरु हुनेछ।
यो बाइकको बाहिरी आवरण र डिजाइनिङ हिमालयन एडिभीमा आधारित हुनेछ। तर हिमालायन एडिभीको तुलनाामा स्क्राम–४११ किफायती र सुपत मूल्यमा उपलब्ध हुनेछ। नयाँ स्क्राम–४११ को अगाडि भागमा विन्डस्क्रिन हुनेछ भने यसको अगाडिको पाङ्ग्रा ठूलो छ। त्यस्तै बाइकमा स्प्लिट सिट छन्।
४११ सिसी इन्जिन क्षमता हुने यो बाइकमा सिंगल–सिलिन्डर, एयर–कुल्ड, ४(स्ट्रोक इन्जिन हुने अनुमान लगाइएको छ। जसले ६,५०० आरपिएममा २४.५ बिएचपी पावर र ४,५०० आरपिएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ।
स्क्राम–४११ को बजार मूल्य भारु १ लाख ९० हजारदेखि २ लाख ५ हजारबीच हुने अनुमान लगाइएको छ।