टिभिएस मोटर कम्पनीले मंगलबार नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले भारतीय बजारमा नयाँ २०२२ अपाचे आरटिआर–२०० ४भी सार्वजनिक गरेको हो। यो बाइक सिंगल च्यानल एबिएस र डुअल च्यानल एबिएस गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ।
बाइकलाई तीन मोडमा चलाउन सकिन्छ–स्पोर्ट, अर्बन र रेन। यसमा एड्जस्टेबल सोवा फ्रन्ट सस्पेन्सन छ। त्यस्तै यसमा टिभिएस स्मार्ट एक्सकनेक्ट ब्लुटुथ कनेक्टिभिटी, रिअर मोनो–सक, एड्जस्टेबल ब्रेक्स र क्लच लेभल जस्ता विशेषताहरू छन्।
१९७.७५ सिसी डिस्प्लेसमेन्ट भएको नयाँ अपाचे आरटिआर २००मा सिंगल–सिलिन्डर, ४ भल्भ र ओइल(कुल्ड इन्जिन जडित छ। उक्त इन्जिनले ८,५०० आरपिएममा अधिकतम २०.५ पिएस पावर र ७,५०० आरपिएममा १६.८ एनएम टर्क जेनेरेट गर्छ। बाइकमा पाँच–स्पीड गियरबक्स छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार यो बाइक कालो, सेतो र निलो गरी तीन विभिन्न रंगमा उपलब्ध हुनेछ। ग्राहकले आफ्नो रूचीअनुसारको बाइक रंग रोज्न सक्नेछन्।
कम्पनीले सिंगल च्यानल एबिएसको सुरुआती मूल्य १ लाख ३३ हजार ८ सय ४० रूपैयाँ र डुअल च्यानल एबिएसको मूल्य १ लाख ३८ हजार ८ सय ९० रूपैयाँ तोकेको छ।
पछिल्लो समय टिभिएस मोटर विद्युतीय सवारी निर्माणमा समेत जोड दिदैँछ। कम्पनीले विद्युतीय सवारी निर्माण एवम् प्रविधि विकासको लागि अबको चार वर्षभित्र भारु १२ सय करोडको लगानी गर्ने बताएको छ।