स्प्राइटको स्क्रिन टाइम प्रमोशनल अभियानअन्तर्गत चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको क्याम्पेनको समापन भएको छ।
यस अवसरमा स्प्राइटले ४ जना विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सिसी) मोटरसाइकल हस्तान्तरण गरेको छ।
बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्द एन्ड प्रालीका असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरुममा विजेताहरुलाई मोटरसाइकल हस्तान्तरण गरे। त्यसैगरी विराटनगर, चितवन र हेटौडाका विजेताहरुलाई पनि चाँडै मोटरसाइकल हस्तान्तरण गरिने बताइएको छ।
कार्यक्रमका बाँकी ५ जना विजेताहरुलाई ४३ इन्चको सामसङ टि.भी. र २६३ जना विजेताहरुलाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो। पर्सा, वीरगन्ज, धरान, ताप्लेजुङ लगायत समग्र नेपालबाट नै उल्लेखनीय सहभागिता रहेको र सोही क्षेत्रहरुबाट विजेताहरु छनोट भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
बजाज पल्सर–१२५ सिसी विजेता सौगात पुलामीले भने 'यो क्याम्पेनमा सहभागी लाखौंँमा छनिएर मैले बाइक जितेकोमा खुसी लागेको छ। यो मेरो पहिलो बाइक भएकोले अत्यन्तै सम्हालेर राख्नेछु। यो पुरस्कारको लागि म स्प्राइट नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।'
यो क्याम्पेन सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म सन्चालन भएको थियो।