मारुती सुजुकीको नयाँ एसयुभी सार्वजनिक हुँदैछ। भारतीय अखबार अटो कारका अनुसार कम्पनीले छिट्टै ग्रिनलिट जिम्मी एसयुभी बजारमा सार्वजनिक गर्ने भएको हो। तर यसको सार्वजनिक मिती भने हालसम्म घोषणा भएको छैन।
यस्तो छ जिम्मी ग्रिनलिटको विशेषताः
जिम्मी ग्रिनलिटको लम्बाई ३,८५० एमएम, चौडाई १,६४५ एमएम र उचाई १,७३० एमएम छ। त्यस्तै यसको ह्विलबेस २,५५० एमएम छ। यसमा १.५ लिटर के१५बी पेट्रोल इन्जिन जडित छ।
जसले १०२ एचपी पावर र १३८ एनएम टर्क जेनेरेट गर्छ। गाडी ५ स्पीड म्यानुअल र ४ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स ट्रान्समिसनमा उपलब्ध हुने बताइएको छ।
हाल भारतमा जिम्मी ग्रिनलिट पाँच वटा ढोका भएको संस्करणमा सार्वजनिक हुँदैछ। तर भविष्यमा कम्पनीले यसको ३ वटा ढोका भएको मोडल सार्वजनिक गर्दै भारतबाहेक अन्य राष्ट्रमा समेत गाडीको निर्यात गर्ने अनुमान लगाइएको छ।
कम्पनीले जिम्मी ग्रिनलिटका विशेषता र मूल्यबारे पूर्ण जानकारी खुलासा गरेको छैन। तर नयाँ जिम्मी ग्रिनलिटले बजारमा उपलब्ध महिन्द्रा थार र फोर्स गुर्खासँग प्रतिस्पर्धा गर्नेछ।