एमएडब्लु इन्टरप्राइजेजले रेजेडआर स्कुटरको माइलेज प्रतियोगिता आयोजना गर्ने भएको छ।
इन्टरप्राइजेजले माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको।
२४ जनवरी २०२१ मा यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८.८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बने।
आज उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरिएको थियो।
बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट सुरु भएको हो। बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेलको कुल दूरी करिब १६ किलोमिटर छ।
यस पटकको र्यालीको बिजेता प्रति लिटर ६१.४२ किलोमिटरका साथ उज्वला घिमिरे बनिन्। त्यसैगरी, प्रति लिटर ५८.९६ किमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। र सुनिल लम्साल प्रति लिटर ५७.६ किमीका साथ तेस्रो भएका छन्।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो। बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो। नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर-कुल्ड, फ्युल-इन्जेक्टेड एफआइ १२५ सिसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ।
माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने कम्पनीको विश्वास छ।
प्रतियोगिताले स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्ने इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले विश्वास व्यक्त गरे।
बाइक इन्डिया अवार्डले भर्खरै यामाहाको रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ। अवार्डसँगै स्कुटरको लोकप्रियता र विश्वसनीयता बजारमा थप चुलिएको कम्पनीले बताएको छ।
यामाहाले आगामी दिनमा पनि आफ्ना ग्राहकमा विश्वास बढाउन यस किसिमका र्याली निरन्तरता दिने बताएको छ।