बिजनेस एज प्रालिले आयोजना गरेको न्यू बिज स्टार्टअप समिट एण्ड अवार्ड्समा उपाय सिटी कार्गोले ‘सन् २०२१ को उत्कृष्ट स्टार्टअप’ को प्रतिष्ठित उपाधि जितेको छ।
१७००ं स्टार्टअपहरूमध्ये उपाय सिटी कार्गो यस अवार्डमा तोकिएका मापदण्डहरू पूरा गरेका आधारमा छनोट भएको हो।
अवार्डसँगै कार्गोले एकलाख नगद पुरस्कार जितेको हो।
सन् २०१९ मा केही युवाहरुद्वारा एपमा आधारित इन्ट्रासिटी लजिस्टिक कम्पनीको रूपमा उपाय स्थापना भएको थियो।
अवार्ड समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, नेपाल राष्ट्र बैंकका गभर्नरलगायतको उपस्थिति थियो।
उपायले छोटो अवधिमा नेपालमा डेलिभरी सेवा व्यापक विस्तार गरेको कम्पनीको दावी छ।
उपायले यो समाचार तयार गर्दासम्म चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीहरूको ८० हजारभन्दा बढी ट्रिपहरु गरेको छ। उपायले रोजगारीका अवसरहरु पनि सिर्जना गर्दै आएको बताएको छ।
कम्पनीले फ्रेन्चाइज मोडरमा आफ्नो सेवा देशभर विस्तार गर्ने योजना बनाएको छ।
काठमाडौंपछि पोखरा र बुटवल, भैरहवामा पनि उपायले सेवा विस्तार गरेको छ।
क्रमशः नेपालका १० प्रमुख सहरका लागि फ्रेन्चाइज मोडलमा शाखा विस्तार गर्ने योजना कम्पनीको छ। यो मोडलमा देशका अन्य सहरहरुमा पनि शाखा विस्तार गरिने कम्पनीले बताएको छ।