चांगन अटोले २ हप्ताको अन्तरालमा एक हजार टेस्ट ड्राइभ गराउन सफल भएको छ।
चांगन अटो, चिनको अग्रणी प्यासेन्जर ब्रान्डले २ हप्ताको अन्तरालमा आफ्नो प्रिमियम सेडान ुएल्सभीनु को एक हजार टेस्ट ड्राइभ गराउन सफल भएको छ।
यस प्रिमियम सेडानको पप-अप शोरुम, २२ नोभेम्बरदेखि सोल्टी होटेलमा रहेको छ। ग्राहकहरुले सोल्टी होटेल गई एल्सभीनको टेस्ट ड्राइभको सुअवसर प्राप्त गर्न सक्नेछन्।
टेस्ट द्राइवका लागि , हप्ताको सातैदिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्मको समय तोकिएको छ। चांगन अटोले, काठमाडौँ उपत्यकाको विभिन्न अपार्टमेन्टहरुमा गाडी प्रदर्शनको लागि राखेको थियो। ति अपार्टमेन्टका निवासिहरुले एल्सभीनको टेस्ट ड्राइभ र सुबिधाबारे बुज्ने अवसर पाएका थिए।
यस बाहेक, ग्राहकहरुले अन-कल टेस्ट राइड पनि लिन सक्नु हुनेछ। साथै ग्राहकहरुले आफ्नो अनुकुल स्थानमा टेस्ट ड्राइभ लिन सक्नुहुनेछ।
सोल्टी होटेलमा एल्सभीनको टेस्ट ड्राइभ जनवरी १९, २०२२ सम्म सकिनेछ। साथै विभिन्न हाउजिंगमा पनि गाडी डेमोका लागि राखिनेछ।
ग्राहकहरुले टेस्ट राइड, सोल्टी होटेल अथवा अन(कलद्वारा पनि प्राप्त गर्न सक्नेछन्। साथै चांगान नेपालको वेबसाइट www.changannepal.com अथवा ९८०२३४०५९२ मा सम्पर्क गरि टेस्ट राइडको बुकिङ पनि गर्न सक्नेछन्।