अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन्। थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन्। चौधरीले १३ सय ४७ मत पाएका थिए।
फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापा र सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरी प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए। कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छानिएका छन्।
चौधरी प्यानलका १२ जना विजयी भएका छन् त्यस्तै थापा प्यानलबाट ५ जना निर्वाचित भएका छन्।
चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, वरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई निर्वाचित भएका छन्।
त्यस्तै थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन्।
जम्मा ३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो।