रेनोको नयाँ शोरुम सोमबारबाट लहानमा सञ्चालनमा आएको छ। नेपालभरि नै आफ्नो शाखा विस्तार गर्ने उद्देश्यले कम्पनीले त्यहाँ पनि शोरुम खोलेको हो।
यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबाइल्स रहेको छ। यसका सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लहानका अशोक लाल अमात्यको प्रमुख अतिथि, कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भयो।
कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले भने ‘हामी हाम्रा ग्राहकलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौं। नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ।’
सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान बताए।
यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन्। यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन्।