होन्डाको नयाँ गाडी करिब दुई सातअघि सार्वजनिक भएको छ। नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ होन्डा एमएमसी अमेज २०२१ सार्वनजिक गरेको हो।
गाडीको स्टाइलिङ र पर्फर्मेन्स मात्र नभई सुरक्षाको हिसाबमा पनि निकै सुरक्षित भएको कम्पनीले दाबी गरेको छ।
नयँ एमएमसी एमेजमा एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प र एलइडी डिआरएलसहितको एड्भान्स फ्रन्ट फग ल्याम्प छ।
गाडीमा १५ इन्चको अलोय ह्विल छ। त्यस्तै रियर मल्टी भ्यू क्यामरा पनि छ। गाडीमा लाइट सेन्सर, प्रिमियम सी–आकारको एलइडी कम्बिनेसन ल्यापसहितको अटोमेटिक हेडलाइट कन्ट्रोल छ।
नयाँ एमएमसी २०२१ ले एनक्यापमा ४ स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। गाडीमा ७ स्पीड सिभिटी गियर बक्स छ जुन पेट्रोल र डिजेल दुवै भेरियन्टमा उपलब्ध हुनेछ।