मंसिर २४ बाट सुरु भएको टिभिएस रेडर सप्तरंग–३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ। सो कार्यक्रममा राजेश हमाल र मुख्य मन्त्री राजेन्द्र राईले टिभिएस रेडर सप्तरंग–को उद्घाटन गरेका थिए।
कार्यक्रमको दोश्रो दिन टिभिएसले बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज औतोमोबाइल्समा पनि सप्तरंगको कलाकारहरुले टिभिएस रेडर को उद्घाटन गरेका थिए।
टिभीएस रेडरले ६,५०० आरपीएममा ११।५ एनएम टर्क र ८००० आरपीएममा १२।९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ।
यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५।७ सेकण्डमा प्राप्त गर्ने क्षमता राख्छ।
कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ। यसलेगर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव हुने कम्पनीको दाबी छ।