किया मोटर्सले संसारभर एकैपटक नयाँ एसयुभी सार्वजनिक गर्दैछ। दक्षिण कोरियाली कार निर्माता कम्पनी किया इन्डियाले बिहिबार किया क्यारेन्स सार्वजनिक गर्ने भएको हो। योसँगै भारतमा कियाको लाइनअपमा रहेका कारमध्ये सार्वजनिक हुने किया क्यारेन्स चौथो एसयुभी हुनेछ। किया क्यारेन्स सात–सिटर एसयुभी हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कियाको नयाँ एसयुभी सन् २०२२ को पहिलो त्रैमासिकदेखि बिक्रीको लागि उपलब्ध गराइनेछ। हालसम्म कम्पनीले गाडीबारे धेरै विशेषता खुलाएको छैन। तर यसमा हुन सकिने विशेषता भने अनुमान लगाउन सकिन्छ।
किया क्यारेन्स विल्कुलै नयाँ डिजाइनमा सार्वजनिक हुनेछ। यो ुअपोजिट्स युनाइटेडु डिजाइनमा आधारित हुनेछ। यसमा टाइगर नोस फ्रन्ट ग्रिल, सार्प एलइडी हेडल्याम्प र इन्टिग्रेटेड एलइडी डेटाइम रनिङ लाइट हुनेछ। गाडीमा स्पोर्टी अलोय ह्विलहरू हुनेछ भने यसको टेललाइट पनि एलइडी हुने बताइएको छ।
त्यस्तै गाडीको भित्री डिजाइनिङ पनि सानदार हुनेछ। किया क्यारेन्समा र्यापअराउन्ड ड्यासबोर्ड डिजाइन हुनेछ। गाडीमा १०.२५ इन्चको अडिओ भिडिओ नेभिगेसन टेलिम्याटिक्स हुनेछ। किया क्यारेन्समा एनरोइड अटो, एप्पल कारप्ले र कियाको युभिओ कनेक्टेड कार प्रविधि छन्।
त्यस्तै गाडीमा वान टच क्रुज कन्ट्रोल, भ्याले मोड (यसले गर्दा व्यक्तिगत जानकारीहरू सुरक्षित राख्न सकिन्छ), रेन–सेन्सिङ वाइपर र भेन्टिलेटेड फ्रन्ड सिटहरू जस्ता विशेषता पनि समावेश गरिएको छ।
गाडीको प्रदशर्न उत्कृष्ट हुने बताइएको छ। यो १.५ लिटर न्याचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन हुने अनुमान लगाइएको छ। जसले ११३ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै किया क्यारेन्स १.५ लिटर टर्बोचार्जर्ड डिजेल मोटरमा पनि उपलब्ध हुनेछ। जसले ११३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ।
कियाको यो नयाँ क्यारेन्स भारतमा उत्पादन हुँदैछ भने संसारका विभिन्न राष्ट्रमा गाडी निर्यात गरिनेछ। अटो हिन्दुस्तानका अनुसार यो ‘मेड इन इन्डिया, मेड फर वर्ल्डु उत्पादन हुनेछ। गाडी भारतको आन्द्रा प्रदेशस्थित अनन्तपुरमा रहेको उत्पादन कम्पनीका उत्पादन हुँदैछ।
नयाँ किया क्यारेन्सको मूल्य र अन्य विशेषता सार्वजनिक हुन बाकीँ छ। तर यसको मूल्य भारतीय बजारमा १५ लाखदेखि १८ लाख रुपैयाँबीच हुने अनुमान लगाइएको छ। किया क्यारेन्सले बजारमा उपलब्ध मारुती सुजुकीको एक्सएल६ र महिन्द्रा मराज्जोसँग प्रतिस्पर्धा गर्नेछ।