सन् २०२१ मा थुप्रै नयाँ मोडलका सवारी साधनहरू सार्वजनिक भए। सार्वजनिक गाडीहरू कतिको सुरक्षित छन् भन्ने जाँच्न ग्लोबल क्र्यास टेस्टमा सहभागी भए। त्यसमध्ये सन् २०२१ मा मात्रै क्र्यास टेस्ट पास भएका कोही भारतीय गाडीहरू यस प्रकारको छः
महिन्द्रा एक्सयुभी-७००
महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले आफ्नो एक्सयुभी७०० गत नभेम्बरमा सार्वजनिक गरेको थियो। लगत्तै यसको ग्लोबल एनक्याप प्ररिक्षणमा भयो। एक्सयुभी७०० ले वयस्क व्यक्तिको सुरक्षाका लागि पाँच स्टार रेटिङ र बाल सुरक्षाका लागि चार स्टार प्राप्त गरेको छ।
यसैकारण पनि गाडी भारतीय कारमध्ये महिन्द्रा एक्सयुभी७०० निकै सुरक्षित कारको सूचीमा पर्छ। गाडीमा सात वटा एयरब्याग, नयाँ प्रविधिको विद्युतीय स्टेबिलिटी प्रोग्राम, कर्नरिङ ल्याम्प, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड भ्यू मोनिटरिङ र फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङजस्ता विशेषताहरू छन्
टाटा पन्च
टाटा पन्चले गाडी सार्वजनिक हुनु अघि नै ग्लोबल एनक्याप परिक्षण पास गरेको हो। महिन्द्रा एक्सयुभी७०० ले जस्तै टाटा पन्चले पनि वयस्क सुरक्षाका लागि पाँच स्टार रेटिङ र बाल सुरक्षाका लागि चार स्टार प्राप्त गरेको छ। गाडीमा सुरक्षाको लागि डुअल एयरब्याग, इबिडी सहितको एबिएस, कर्नर स्टेबिलिटी कन्ट्रोल, कर्नरिङ फङ्सनसहितको फ्रन्ट फग ल्याम्प, चाइल्ड सिट आइएसओफिक्स एन्कोर पोइन्ट, रिभर्स पार्किङ क्यामेरा, ड्राइभर एन्डको–ड्राइभर सिट बेल्ट रिमाइन्डर र ब्रेक स्वे कन्ट्रोललगायत विशेषताहरू छन्।
टाटा टियागो र टाइगोर
टाटा पन्चसँगै टाटा मोटर्सको टाटा टियागो र टाइगोरले समेत एनक्याप सुरक्षा परीक्षण पास गरेको छ। यी गाडीहरूले सन् २०२१ को जनवरीमा भएको ग्लोबल एनक्याप परीक्षणमा चार स्टार रेटिङ पाएको छ। यी गाडीहरूले वयस्क सुरक्षाको लागि चार स्टार र बाल सुरक्षाको लागि तीन स्टार रेटिङ पाएको हो। टाइगोर र टियागो दुवैमा अगाडि भागमा दुई-दुई वटा एयरब्याग छन्। टाटा मोटर्सको अल्ट्रोज र नेक्सन पनि सुरक्षित गाडीमध्ये नै पर्छन्।
टाटा टाइगोर इभी
टाटा मोटर्सको विद्युतीय टाइगोर ग्लोबल एनक्याप परिक्षण गर्ने पहिलो भारतीय विद्युतीय गाडी हो। भारतको सबैभन्दा किफायती विद्युतीय कारको रूपमा सार्वजनिक भएको विद्युतीय टाइगोरले क्र्यास टेस्टमा चारस्टार रेटिङ प्राप्त गरेको छ। गाडीमा दुई वटा एयरब्याग छन् भने इबिडीसहितको एबिएस प्रविधि जडित छ। त्यस्तै गाडीमा कर्नर स्टेबिलिटी कन्ट्रोल र रिअर पार्किङ सेन्सर जस्ता सुविधाहरू पनि छन्।
निशान म्यागनाइट
निशान म्यागनाइट एसयुभीले ग्लोबल एनक्याप परिक्षणमा चार स्टार सुरक्षा रेटिङ पाएको छ। यो गाडी सन् २०२० को डिसेम्बरमा सार्वजनिक भएको थियो। गाडीमा सुरक्षाको लागि डुअल एयरब्याग प्रविधि छ। त्यस्तै यसमा पनि इबिडीसहितको एबिएस प्रविधि र रिअर पार्किङ सेन्सर पाउन सकिन्छ। निशान म्यागनाइटमा भेहिकल स्टेबिलिटी कन्ट्रोल९जसले गाडी सन्तुलन कायम गर्न मद्दत गर्छ०, ट्र्यासन कन्ट्रोल, हिल स्टार्ट असिस्ट जस्ता विशेषता छन्।
रेनो ट्राइबर एमपिभी
भारतमा उत्पादित गाडीमध्ये रेनो ट्राइबर एमपिभीले पनि ग्लोबल एनक्याप क्र्यास परिक्षणमा चार स्टार रेटिङ पाएको छ। सात-सिटर रेनो ट्राइबरको सुरक्षा परिक्षण मेमा भएको थियो। त्यसैबेला गाडी सुरक्षाको हिसाबमा सुरक्षित भएको पुष्टि भएको हो। गाडीमा डुअल एयरब्याग, इबिडीसहितको एबिएस, रिअर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर र स्पीड अलर्ट वार्निङ जस्ता विशेषताहरू छन्। त्यस्तै रेनो ट्राइबर एमपिभी बालबालिकाको लागि समेत सुरक्षित गाडी मानिन्छ।