बजाजले विद्युतीय सवारी साधन निर्माण प्लान्टको लागि भारु ३ सय करोड लगानी गर्दैछ। भारतीय दुई र तीन पाङ्ग्रे सवारी निर्माता कम्पनी बजाजले बुधबार पुनेमा नयाँ प्लान्ट जडान गर्ने बताउँदै उक्त घोषणा गरेको हो।
पुनेस्थित नयाँ प्लान्टमा वार्षिक ५ लाख विद्युतीय सवारी उत्पादनको क्षमता भएको अटो हिन्दुस्तानले जनाएको छ।
कम्पनीकाअनुसार यसले नयाँ प्लान्टमा नयाँ प्रविधियुक्त अटोमेटेड अर्थात् स्वचालित उत्पादनशैली प्रयोग गर्नेछ। लजिस्टिक, कच्चा सामग्री ह्यान्डलिङ, फेब्रिकेसन, पेन्टिङ, गुणस्तर सुनिश्चिततालगायत विशेषता अटोमेटेड हुनेछ। त्यस्तै यहाँ जम्मा ८ सय मानिसलाई रोजगार दिने बताइएको छ। यसबाहेक यसले भविष्यमा विक्रेताहरू थप्नेछ। र, उनीहरू थप भारु २५० करोड लगानी आपूर्ति गर्न सामेल हुनेछन्।
पुनेको नयाँ ईकाइबाट सन् २०२२ को जुन महिनासम्ममा विद्युतीय दुई पाङ्ग्रे सार्वजनिक हुने अनुमान गरिएको छ।