पछिल्लो समय गाडी खरिदकर्ताहरूबीच सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ।
सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसार डिजाइन, स्टाइल, कलर र फिचर भएका गाडी किन्ने सोचमा परिवर्तन आएको छ।
हाल सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ। स्तरीय सुरक्षा मापनका लागि विश्वभरकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा विश्वास गर्छन्।
ग्लोबल एनक्यापले गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ। मारुती स्वीफ्ट, हुन्डाई ग्रान्डआई १० निओस र मारुती वागन-आर लोकप्रिय अटोमोबाइल हुन्। तर यीनीहरुले ग्लोबल एनक्यापबाट खासै श्रेणाी प्राप्त गर्न नसकेको टाटा मोटर्सले बताएको छ।
मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर, सफारी र पन्च उत्पादन गर्दछ।
यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षा फाइभ स्टार प्राप्त गरेका छन्। टियागो, टिगोर, टिगोर इभीले फोर स्टार प्राप्त गरेका छन्।
ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्स नै छ। यसका प्रतिस्पर्धीहरू कमजोर रेटिङ र न्यूनस्तरका रहेको टाटाको दावी छ।