पछिल्लो समय गाडी खरिदकर्ताहरू बीच सवारी सुरक्षा मापदण्डको विषय प्राथमिकतामा पर्दैछ। सुरक्षा संवेदनसिलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, रंग र विशेषता भएको गाडी किन्ने मानसिकतामा परिवर्तन देखिएको छ। र सवारी सुरक्षाको मामिलामा जनचेतना बढ्दै गएको छ।
स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरू अहिले ग्लोबल एनक्यापमा विश्वास गर्छन्। ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्यांकनका लागि गाडीहरूको दुर्घटना परीक्षण गर्दैछ।
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारिअर एच५, सफारी र पन्च उत्पादन गर्दैछ। यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा ५ स्टार रेटिङ प्राप्त गरेको छ। यता टियागो, टिगोर र टिगोर इभीले भने ४ स्टार रेटिङ प्राप्त गरेको छ।
यसर्थ ग्लोबल एनक्यापको सुरक्षा सूचीको शीर्ष आठमध्ये छ वटा टाटा मोटर्सकै उत्पादन परेको छ।
टाटा मोटर्सले व्यवसायिक र निजी दुवै प्रयोजनका लागि गाडीहरूको उत्पादन गर्दैछ। निजी गाडीहरूअन्तर्गत टाटाको टियागो, अल्ट्रोज, टिगोर, ह्यारियर एच ५, सफारी, पन्च, एनआरजी लगायतका मोडलहरू उपलब्ध छन्। टाटाका प्रायः गाडीहरूको डिजाइन र आवरण सानदार हुनुका साथै गाडीहरूको प्रदर्शनी पनि उत्कृष्ट छन्। त्यस्तै विभिन्न मोडलमा मल्टी-ड्राइभ मोडहरू प्रदान गरिएको छ।