नेपाली बजारमा बजाजका मोटरसाइकलले विशेष स्थान ओगटेको छ। नेपालमा बजाजको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हो।
कम्पनीले सन् २०२१ मा पटक-पटक मूल्य वृद्धि गर्यो। यस्तैमा, आज हामीले हाल बजारमा उपलब्ध बजाजका विभिन्न मोडलको अहिलेको मूल्य सूची तयार पारेका छौं।
नेपालमा बजाजको १०० सिसीदेखि ४०० सिसीसम्मका बाइकहरू बिक्री गर्दैछ।
बजाजको पल्सर र डोमिनार बाइक विशेषत युवा पुस्तामाझ लोकप्रिय देखिन्छ। पल्सर बाइकहरू २ लाख ४४ हजार ९ सय रुपैयाँदेखि ३ लाख ९३ हजार ९ सय रुपैयाँमा उपलब्ध छ। त्यस्तै, डोमिनारको बजार मूल्य ५ लाख १८ हजार ९ सय रुपैयाँदेखि ५ लाख ९८ हजार ९ सय रुपैयाँ तोकिएको छ।
बजाज बाइकको विभिन्न मोडलको नयाँ मूल्य सूची यस प्रकारको छः
मोडल | क्षमता | मूल्य |
प्लाटिना १०० इएस | १०२ सिसी | १,८९,९०० |
डिस्कभर १२५ ड्रम | १२५ सिसी | २,००,९०० |
डिस्कभर १२५ डिस्क | १२५ सिसी | २,१४,९०० |
डिस्कभर १२५ एसटी | १२५ सिसी | २,२५,९०० |
पल्सर १२५ डिस्क | १२५ सिसी | २,४४,९०० |
पल्सर १५० एसडी | १५० सिसी | २,७५,९०० |
पल्सर १५० टिडी | १५० सिसी | २,९०,९०० |
पल्सर १६० एनएस टिडी एबिएस | १६० सिसी | ३,१९,९०० |
पल्सर २२० एफ एबिएस | २२० सिसी | ३,६१,९०० |
पल्सर २०० एनएस एबिएस | २०० सिसी | ३,६७,९०० |
पल्सर २०० एनएस एफआई एबिएस | २०० सिसी | ३,९३,९०० |
एभेन्जर १६० स्ट्रिट एबिएस | १६० सिसी | ३,४५,९०० |
एभेन्जर २२० क्रुस | २२० सिसी | ३,६६,९०० |
डोमिनार २५० एबिएस | २५० सिसी | ५,१८,९०० |
डोमिनार ४०० एबिएस | ४०० सिसी | ५,९८,९०० |