केटिएम इन्डियाले भारतीय बजारमा नयाँ बाइक सार्वजनिक गरेको छ। कम्पनीले प्रिमियम एड्भेन्चर बाइकअन्तर्गतको २०२२ केटिएम २५० एड्भेन्चर सार्वजनिक गरेको हो।
यतिबेला भारतीय बजारमा एड्भेन्चर बाइकहरूको लोकप्रियता बढ्दो छ। विशेष युवा पुस्ता लक्षित कम्पनीले पनि नयाँ मोडल र थप विशेषतासहित केटिएम २५० एड्भेन्चर सार्वजनिक गरेको अटो हिन्दुस्तानले जनाएको छ।
२०२२ केटिएम २५० एड्भेन्चरले बजारमा भएको रोयल इन्फिल्ड हिमालयन, हिरो एक्सपल्स २०० र बिएमडब्लु जि-३१० जिएससँग प्रतिस्पर्धा गर्नेछ। यो बाइकले राइडरको राइडिङ अनुभव अझ विशेष र साहसिक बनाउने कम्पनीले दाबी गरेको छ।
केटिएम २५० एड्भेन्चरको फ्रेमवर्क ३९० एड्भेन्चरको फ्रेममा आधारित छ भने यसको डिजाइन र लुक्स केटिएम ४५० -यालीबाट प्रेरित छ।
२४८ सिसी डिस्प्लेसमेन्ट भएको यो नयाँ बाइकमा डिओएचसी चार-भल्भ, सिंगल सिलिन्डर, लिक्विड-कुल्ड इन्जिन जडित छ। जसले अधिकतम ३० पिएस पावर र २४ एनएम टर्क जेनेरेट गर्छ।
बाइकमा एलइडी डिआरएलसहितको सार्प एलइडी हेडल्याम्प पाउन सकिन्छ। त्यस्तै, यसमा डिजिटल डिस्प्ले, स्प्लिट सिट, स्किड प्लेट, एलइडी टेललाइट जस्ता विशेषताहरू समावेश गरिएको छ। बाइकमा १४.५ लिटर क्षमता भएको फ्युल ट्यांक छ।
केटिएम २५० एड्भेन्चरको अगाडिपट्टी १९ इन्च र पछाडिपट्टि १७ इन्चको अलोय ह्विल छ भने २०० एमएम ग्राउन्ड क्लेरेन्स पाउन सकिन्छ।
कम्पनीले केटिएम २५० एड्भेन्चर २०२२को सुरुवाती मूल्य भारु २ लाख ३५ हजार तोकेको छ। केटिएम २५० एड्भेन्चर सुन्तले रंग र निलो गरी दुई रंग विकल्पमा उपलब्ध छ।