रोयल इन्फिल्डले नेपाली बजारमा राम्रो बजार पाएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सका अनुसार युवा पुस्तादेखि वयस्कहरूको रोजाइमा इन्फिल्ड बाइकको माग राम्रो छ।
हेर्दै ‘क्लासिक’ देखिने यसलाई धेरैले बाइक मात्र नभइ 'स्टाइल र ब्रान्ड हो' भन्ने पनि धेरै छन्।
यतिबेला नेपाली बजारमा रोयल इन्फिल्डको ३५० सिसी क्षमता भएको ६ मोडल उपलब्ध छन्। यो ३५० सिसीभन्दा बढी क्षमतामा पनि पाइन्छ। यसका मोडलअनुसार बाइकको मूल्य ५ लाख ४८ हजारभन्दा बढीका छन्।
३५० सिसी सेग्मेन्टमा सबैभन्दा महंगो रोयल इन्फिल्ड मिटिओर सुपरनोभा छ, जसको बजार मूल्य ७ लाख १४ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, यसको सबैभन्दा सस्तो मोडल क्लासिक नन एबिएस हो जसको मूल्य ५ लाख ४८ हजार रुपैयाँ तोकिएको छ।
रोयल इन्फिल्डका ३५० सिसीका विभिन्न मोडलको बाइकको मूल्य सूची यस प्रकार छः
मोडल | मूल्य |
क्लासिक ३५० सिसी नन-एबिएस | ५,४८,००० |
क्लासिक ३५० सिसी एबिएस सिंगल | ६,४५,००० |
मिटिओर ३५० सिसी फायरबल | ६,६८,००० |
मिटिओर ३५० सिसी स्टेलर | ६,८५,००० |
मिटिओर ३५० सिसी सुपरनोभा | ७,१४,००० |