नेपाली बजारमा अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरूले राम्रो बजार लिएको छ। नेपालको लागि अप्रिलियाको आधिकारिक विक्रेता दुगर ब्रदर्स एन्ड सन्सका अनुसार विशेष अप्रिलियाले युवा पुस्तालाई लोभ्याएको छ।
हाल बजारमा अप्रिलियाको एसआर १५० र एसआर १२५ सबैभन्दा रुचाइएको कम्पनी बताउँछ।
अप्रिलिया एसआर १५० किन्ने सोचमा हुनुहुन्छ? यस्ता छन् विशेषता
१५० सिसी क्षमता भएको एसआर १५० को मूल्य कम्पनीले ३ लाख १९ हजार ४ सय रुपैयाँ तोकेको छ। त्यस्तै, अप्रिलिया एसआर १२५ को मूल्य २ लाख ७० हजार ९ सय रुपैयाँ तोकेको छ।
यी बाहेक नेपालमा अप्रिलियाको स्ट्रोम १२५, एसआर १५० रेस र एसआरएक्स १६० बिएस६ मोडलका स्कुटर उपलब्ध छ। यीमध्ये सबैभन्दा सस्तो मोडल स्ट्रोम १२५ को बजार मूल्य २ लाख ६३ हजार ९ सय रुपैयाँ तोकिएको छ।
अप्रिलियाका स्कुटर १२५ सिसीदेखि सुरु हुँदै १६० सिसी क्षमतासम्मको छ। स्कुटरको बाहिरी आवरणसँगै विविध विशेषताका कारण यसले ग्राहकलाई लोभ्याउने कम्पनीको भनाइ छ।
अप्रिलियाको विभिन्न मोडलको मूल्यसूची यस प्रकारको छः
मोडल | इन्जिन क्षमता | मूल्य |
स्ट्रोम १२५ | १२५ सिसी | २,६३,९०० |
एसआर १२५ | १२५ सिसी | २,७०,९०० |
एसआर १५० | १५० सिसी | ३,१९,४०० |
एसआर १५० रेस | १५० सिसी | ३,४२,४०० |
एसआरएक्स १६० बिएस६ | १६० सिसी | ४,४४,९०० |