नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर 'गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर' संचालनमा ल्याएको छ।
नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको हो।
यहाँ मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने कम्पनीले जनाएको छ। यो सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा सर्भिसिङ काम सकिने कम्पनीले दाबी गारेको छ। एक दिनमा ८० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतीक्षालय र क्याफेको पनि सुविधा छ।
नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि समेत सहज बनाउने कम्पनीले बताएको छ।
गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर उद्घाटन गर्दै कम्पनीका जेनरल म्यानेजर योगेन गुरुङले भनेका छन्, 'कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै खुशी छौं। हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ। र, उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो। यो नयाँ सर्भिस सेन्टरसँगै यसले ग्राहकहरूलाई सहज बनाउनेमा हामी सकारात्मक छौं।'