नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्यांग्लरको लाइन-अपमा नयाँ जिप ग्लेडियटर थपेको छ।
जिप ग्लेडियटर जिपको आइकनिक र्यांग्लरमा आधारित छ। यसले ‘गो एनिह्वेयर, डू एनिथिङ’ अर्थात् 'जहाँ मन लाग्छ जाऊ, जे मन लाग्छ गर' भन्ने नारालाई पछ्याएको छ। कम्पनीका अनुसार यसमा निकै उन्नत र नयाँ विशेषताहरू समावेश गरिएको छ।
एमएडब्लु लाइफले यसअघि नेपालमा आफ्नो 'सिबीयु लाइनअप'को दुई वटा र चार वटा ढोका भएको रुबिकन र चार ढोका भएको सहारा र्यांग्लर उपलब्ध गराउँदै आएको थियो।
एमएडब्लु लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो। यसमा ३.६ लिटरको पेन्टास्टार भी-६ पेट्रोल इन्जिन जडित छ, जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै, यसको इन्जिनलाई 'लो-एन्ड टर्क'का लागि अनुकूलित गरिएको छ जुन अफरोडिङका लागि आवश्यक छ। ग्लेडियटरले २,७२१ केजीसम्मको तौल तान्न सक्छ।
जिप ग्लेडियटरलाई दैनिक प्रयोजनको गाडीको रूपमा परिणत गर्न सकिन्छ। चार ढोका विकल्पमा आउने जिप र्यांग्लरको तुलनामा यो ७८७ एमएम लामो छ। र, यसको ह्विलबेस ४९२ एमएम बढी लामो छ। यसमा २८३ एमएम ग्राउन्ड क्लेरेन्स छ।
जिप र्यांग्लरमा जस्तै यसको बनावट हरेक मौसममा सहजै चलाउन सकिने तरिकाले डिजाइन गरिएको छ। यसमा भएको ब्रेकिङ र सस्पेन्सन प्रणालीहरूका कारण यो जस्तोसुकै बाटोको लागि उपयुक्त छ।
सुरक्षाका लागि ग्लेडियटरमा ७० भन्दा बढी विशेषताहरू समावेश गरिएको छ। यसको हेडलाइट र टेल लाइट पुरै एलइडी छ।
जिप ग्लेडिएटर कालो र रातो गरी दुई रंग विकल्पमा उपलब्ध छ।