रोयल इन्फिल्ड बाइकको बिक्रीदर घटेको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार बाइकको बिक्रीदर १५ प्रतिशत घटेको हो।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले सन् २०२२ को जनवरीभर ५८ हजार ८ सय ३८ वटा बाइक बिक्री गरेको थियो। तर सन् २०२१ को जनवरीमा कम्पनफले ६८ हजार ८ सय ८७ वटा बाइक बिक्री गरेको थियो।
भारतीय बजारमा मात्रै कम्पनीले गत वर्षको जनवरीमा ६४ हजार ३ सय ७२ वटा बाइक बिक्री गरेको थियो भने गत महिना कम्पनीले भारतीय बजारमा जम्मा ४९ हजार ७ सय २६ वटा बाइक बिक्री गर्यो। यो भनेको कम्पनीको आन्तरिक बिक्रीदर २३ प्रतिशतले घटी हो।
कम्पनीको बिक्रीदर घटेपनि यसको निर्यात भने बढेको छ। गत वर्षको जनवरीमा यसले जम्मा ४ हजार ५ सय १५ वटा बाइक निर्यात गरेको थियो भने सन् २०२२ को जनवरीमा भारतबाट ९ हजार १ सय १२ वटा बाइक निर्यात गरिएको तथ्यांक छ।
रोयल इन्फिल्डले आर्थिक वर्ष २०२१-२०२२ को हिसाबमा भने हालसम्म ४ लाख ७५ हजार ४ सय ३१ वटा बाइक बिक्री गरेको छ। यसमा निर्यात गरिएको आंकडा पनि पर्छ।
अटो हिन्दुस्तानका अनुसार रोयल इन्फिल्डको बाइकहरूले फिलिपिन्स, कोरिया, अस्ट्रेलिया र न्यु जिल्यान्डमा राम्रो बजार पाएको छ। जसमध्ये नेपाल पनि पर्छ।
नेपालमा सन् २०२२ को जनवरीमा मात्रै करिव ८ सय वटा बाइक बिक्री भएको कम्पनीले जनाएको छ। यसमध्ये पनि सबैभन्दा धेरै क्लासिक ३५० मोडल छ। कम्पनीका अनुसार करिव ८ सयमध्ये ६ सयभन्दा बढी क्लासिक ३५० बिक्री भएको छ।