ग्रेट वाल मोटर नेपालले विद्युतीय गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ। योसँगै ओरा गुड क्याट नेपाली बजारमा आधिकारिक रुपले सार्वजनिक हुँदैछ।
ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू-भाग र सडकको अवस्थाहरूमा सराहनीय प्रदर्शन गर्यो। यसले उकालो-ओरालो, कालोपत्रे राजमार्ग-ग्राभेल भरिएको अप्ठ्यारो बाटोमा उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको कम्पनीको भनाइ छ।
ओरा गुड क्याट अत्याधुनिक प्रविधि र वातावरणीय-मैत्री छ। यो गाडी हरेक किसिमको भू-भागको लागि उपयुक्त मानिएको छ।
ओरा गुड क्याटको डिजाइन निकै आकर्षक छ। कम्पनीका अनुसार यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरुलाई पूर्ण रुपमा एकिकृत गरेको छ।
ग्रेट वाल मोटर थाइल्यान्डले मात्रै प्रि-सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६ हजारभन्दा बढी अर्डर प्राप्त भएको थियो। यो गाडी नेपालमा पनि उत्तिकै रुचाउनेमा कम्पनी विश्वस्त छ। ओरा गुड क्याटले नेपालमा सार्वजनिक भएसँगै यसले नेपाली विद्युतीय भेइकल इण्डस्ट्रीमा नयाँ दायरा, प्रदर्शन र युवापनमा नयाँ बेन्चमार्क बनाउनेमा कम्पनी सकारात्मक छ।
ओरा गुड क्याटपछि ग्रेट वाल मोटर नेपालले सन् २०२२ भित्र ओराअन्तर्गत थप दुई विद्युतीय गाडीका भेरियन्टहरू सार्वजनिक गर्ने योजनामा छ।
हाल नेपाली बजारमा ग्रेट वाल मोटरको हाभल एच-६, हाभल जोलायन र पोअर जस्ता ग्लोबल मोडेलहरूको बिक्री तथा वितरण हुँदैछर। भिजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो।