नेपालका लागि टाटा मोर्टसको विक्रेता सिप्रदी ट्रेडिङ्गले मेगा एक्चेन्ज अफर सुरु गरेको छ।
सिप्रदीले २६ देखि ४० सिटसम्मका टाटाका विद्यालय बसहरुमा अहिलेसम्मकै उत्कृष्ट रिसेल भ्यालु सहितको एक्चेन्ज अफर ल्याएको कम्पनीको दाबी छ।
जेठ १८ देखि सञ्चालन भइरहेको यो एक्चेन्ज अफरमा विभिन्न स्कुलहरुको उत्सुकता पुर्वक सहभागिता भइरहेको सिप्रदी ट्रेडिङ्गका एसिस्टेन्ट प्रोडक्ट म्यानेजर प्रधुम्न केसीले जानकारी दिए।
एबिएस ब्रेकिङ सिस्टम, उच्च सुरक्षा गुणस्तर तथा कम खर्चमा उच्च प्रतिफल प्रदान गर्नको लागि मेकानिकल फ्युल इन्जेक्सन टेक्नोलोजी जडित छन् यी नयाँ बसहरुमा विद्यार्थीको सुरक्षालाई ध्यान राख्न विभिन्न २० वटा सेफ्टी फिचर्स सामेल गरिएको बताइएको छ। यो अफर असार १६ गते सम्म लागु हुनेछ।