यातायात व्यवस्था विभागले आजबाट भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट बितरण सुरु गरेको छ। विभागले ललितपुरको च्यासल मैदानमा गोला प्रथाबाट नुवाकोट, काभ्रेलान्चोक र रामेछापका ४ सय ९१ भुकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो।
यी तीन जिल्लाबाट कूल ४८ हजार ९ सय ६५ जनाले ट्याक्सी नम्बरको लागि अवेदन दिएका थिए।
विभागले गत चैत २६ गते नै नम्बर वितरण गर्ने भनेपनि पहिलो चरणको स्थानिय तह निर्वाचनको कारण रोकिएको थियो।
गोलाप्रथा गर्दा कुनै जिल्लाको पिडितलाई धेरै र कुनै जिल्लाको पिडितलाई थोरै पर्न सक्ने सम्भावनाको कारण विभागले आवेदन परेको संख्याको आधारमा निश्चित कोटा समेत निर्धारण गरेको छ। जस अनुसार काभ्रेपलान्चोकका २० हजार २७ जनाले आवेदन दिएकोमा २ सय १ पिडितले, नुवाकोटबाट १२ हजार ४ सय ७१ आवेदन दिएकोमा १ सय २५ जनाले र रामेछापबाट १६ हजार ४ सय ६७ आवेदन दिएकोमा १ सय ६५ जनाले ट्याक्सी नम्बर प्लेट पाउने भएका हुन्।
त्यसैगरी बाँकी ११ जिल्लाका पिडितलाई बिहिबार र शुक्रबार वितरण गरिने छ। बितरणको दोस्रो दिन बिहीबार सिन्धुपाल्चोक, सिन्धुली र दोलखाका ५ सय १३ जनाले नम्बर प्लेट पाउनेछन् भने पर्सी शुक्रबार ओखलढुङ्गा,मकवानपुर, धदिङ, रसुवा,गोरखा, काठमाडौं, ललितपुर र भक्तपुर गरी ८ जिल्लाका ४ सय ९६ भुकम्प पिडितले नम्बर प्लेट पाउनेछन्।
भुकम्पबाट अति प्रभावित १४ जिल्लका पिडितलाई ट्याक्सी बितरण गर्न यातायात व्यवस्था विभागले गत साउन ५ गते देखी भतेसम्म आदौ ५ गवेदन लिएको थियो।