यातायात व्यवस्था विभागले दुई दिनदेखि भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई ट्याक्सी नम्बर बाँडिरहेको छ। गोलाप्रथाको माध्यमबाट हालसम्म विभागले काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली र सिन्धुपाल्चोक गरी कुल १ हजार ४ जनालाई नम्बर वितरण गरिसकेको छ।
नम्बर प्लेट वितरण गर्ने आज (शुक्रबार) अन्तिम दिन काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुङ्गा, गोरखा र रसुवाका पीडितले कुल ४ सय ९६ नम्बर प्लेट पाउनेछन्। जसमा काठमाडौंबाट ९५ , ललितपुरबाट ७२, भक्तपुरबाट ४३, मकवानपुरबाट ३१, धादिङबाट १ सय १७, ओखलढुङ्गाबाट ३०, गोरखाबाट ७८ र रसुवाबाट ३० जना पीडितले नम्बर प्लेट पाउने विभागले जनाएको छ।
१५ सयलाई मात्र नम्बर प्लेट बाड्ने भनि पनि ४८ हजार ९ सय ६५ जनाले आवेदन दिएका थिए।
बाढ्ने संख्या भन्दा कयौं गुणा धेरै अवेदन आएपछि विभागले गोलाप्रथाबाट छनोट गरी ट्याक्सी नम्बर बाँडेको हो।
आवेदन आएको संख्याको आधारमा प्रत्येक जिल्लालाई कोटा छुट्याएको थियो। जसमा सबै भन्दा धेरै सिन्धुपाल्चोकका पीडितले २ सय ५३ वटा नम्बर प्लेट पाएका छन् भने सबै भन्दा थोरै ओखलढुङ्गा र रसुवाका पिडितले ३०÷३० वटा पाएका छन्। ललितपुरको च्यासल मैदानमा गरिएको गोलाप्रथा भइरहेको छ।
हेर्नुहोस् क-कसले पाए नयाँ ट्याक्सीसिन्धुपाल्चोक- -सिन्धुली दोलखा