हुन्डाई गाडीको लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले भूकम्प पीडितको लागि बिशेष योजना सार्वजनिक गरेको छ।
गत साता नेपाल सरकारले गोला प्रथाबाट १५ सय भूकम्प पीडितलाई ट्याक्सी नम्बर वितरण गरेकाहरु मध्य ‘हुण्डाइ इयन’ खरिद गर्ने एक जनालाई लक्ष्मी इन्टरकन्टिनेन्टले शतप्रतिशत रकम फिर्ता दिने योजना घोषणा गरेको हो। ‘हुण्डाइ इयन’ ट्याक्सी हुण्डाइको ह्यासब्याक सेग्मेन्ट अन्तर्गत पर्दछ।
शतप्रतिशत रकम फिर्ताको साथसाथै लक्ष्मी इन्टरकन्टिनेन्टले ‘हुण्डाइ इयाेन’ ट्याक्सी को खरीदमा नगद छुट, १ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, १ वर्ष वारेन्टी, वित्तिय तथा बीमा सुविधाका साथै सम्पूर्ण कानुनी प्रक्रिया समेत पुरा गरिदिने बताएको छ।
वलियो तथा सुरक्षित सवारीसाधन, उच्च माइलेज, आरामदायी सिट तथा भित्री बनावट पावर स्टेरिङ्ग, १३ इन्च ठूलो चक्का, थोरै मर्मत खर्च, उच्च ग्राउण्ड क्लियरियन्स, धेरै भण्डारण क्षमता आदिले यस ‘हुण्डाइ इयाेन’ लाई यात्रीहरु माझ अझ लोकप्रिय बनाएको
लक्ष्मी इन्टरकन्टिनेन्टलको दाबी छ।
विभिन्न अवसरमा योजनाहरु ल्याउने गरेको हुण्डाइले भुकम्प पिडितहरुको सहयोगमा नेपाल सरकारले चालेको कदममा यस योजना मार्फत योगदान दिने प्रयास गरेको र आगामी दिनहरुमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ।