नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिले गाडी खरिदमा दिने ऋणको सिमा बढाएको छ। यसअघि मूल्यको ५० प्रतिशतमात्र ऋण दिन पाइने व्यवस्थामा परिवर्तन गर्दै आगामी वर्षको नीतिले ६५ प्रतिशत पुर्याएको छ।
नयाँ नीतिसँगै कुनै पनि ग्राहकले गाडी किन्दा ३५ प्रतिशत आफूले लगानी गरेर ६५ प्रतिशत ऋण लिन पाउने भएको छ। यो व्यवस्थाअनुसार कुनै पनि ग्राहकले एक करोड रुपैयाँको गाडी किन्दा सुरुमा ३५ लाख तिरेपुग्नेछ भने बाँकी ६५ लाख रुपैयाँ ऋण लिन सक्नेछ।
घर गाडी लगानी बढेको भन्दै राष्ट्र बैंकले चालु वर्षको नीतिमा समिक्षा गर्दै ऋणको सिमा बढाएर ५०÷५० प्रतिशत पु¥याएको थियो। उक्त नीति आएसँगै गाडीको कारोबार खस्किएको थियो।
राजस्वको मुख्य स्रोतको रुपमा रहेको अटोमोबाइल कारोबारमा मन्दि आउँदा त्यसको प्रत्यक्ष मार राजस्वमा पर्ने भन्दै अर्थमन्त्रालय पनि सिमा बढाउनुपर्ने पक्षमा थियो भने व्यवसायीहरुले सुरुदेखि नै परिमार्जनको आवाज उठाउँदै आएका थिए।