नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालको पुर्व मेचि दखि पश्चिम महाकाली सम्म प्रत्येक मुख्य शहर हरुमा सुविधा सम्पन्न वर्कशपहरु स्थापना गरिएको जानकारी दिएको छ।
दक्ष र तालिम प्राप्त सर्भिस टिम मार्फत अशोक लेलैण्ड गाडीहरुलाई बिक्री पछिको सेवा दिँदै आएको र यसलार्ई ध्यानमा राखि आइएमई मोर्टस्ले सर्भिस भ्यानहरु देश भर संञ्चालनमा ल्याईसकेको जनाएको छ।
यसका साथै नेपालमा पहिलो पटक सर्भिस बाईकहरु पनि संञ्चालनमा ल्याइएको आइएमइ मोटर्सले जनाएको छ। अबदेखि कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।