फक्सवागन गाडीको लागि आधिकारीक विक्रेता पूजा इन्टरनेशल नेपाल प्रालिले दुईवटा गाडी नेपाली बजारमा भित्र्याएको छ।
फक्सवागनले बिहीबार एक समारोहकाबीच नयाँ ‘एमरोक र टिगवान’ कार नेपाली बजारमा सार्वजनिक गरेको हो। एमरोकको शक्तिशाली २.० लिटर टिडिआइ बाइटर्बो इन्जिनले टर्क, इन्धन खपत र कार्बनडाइअक्साइड निष्कासन नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ।
यो गाडीले अफ रोड एबिएस र इएसपिले सबैखाले बाटामा कुदाउन र सुरक्षा बढाउन मद्दत गर्ने कम्पनीको भनाइ छ। यसका टायरले अत्याधिक भार बहन गर्ने क्षमता राख्ने बताइएको छ।
गाडीभित्र यात्रुका लागि प्रशस्त आरामदायी स्थानका साथै यसको आन्तरिक सजावट राम्रो र ध्वनी स्तर कम छ। एमरोक यसको समूहका मध्येमै उत्कृष्ट भएको कम्पनीको दावी छ।
नयाँ टिगवानमा २.० लिटर इन्जिन र ७ स्पीड स्वचालित डिएसजि गियरबक्स छ। यसको अधिकतम शतिm १८० पीएस र टर्क २३० एनएम छ।
नेपाली बजारमा यूरोपियन ब्रान्ड फक्सवागनले राम्रो प्रतिक्रिया पाएको र ग्राहकहरुले मनपराएको पूजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले बताए।
टिगवानको मूल्य ९९ लाख रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।
पैदल यात्रीको सुरक्षा, ६ वटा एयर ब्यागहरु, हिल स्टार्ट एसिस्ट, अटो होल्ड, विद्युतीय रुपमा बनाइएका छालाका सिटहरु, अटो पार्क एसिस्ट, क्रुज नियन्त्रण, हेडल्याम्प स्वतः सक्रिय हुने, एप कनेक्ट, झरी र बिजुली सेन्सर, एलइडि हेडल्याम्प्स, एलइडि टेल ल्याम्प्स लगायत बिना चाबी खोल्न सकिने टिगवानका प्रमुख फिचर हुन्।