एमभी दुगड ग्रुपले महिन्द्राको नयाँ दुई मोडेल अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक औपचारिक रुपमा सावर्जनिक गरेको छ। यी गाडी सार्वजनिक गर्दै विशेष अफर समेत घोषणा गरिएको छ। मनसुन गोल्ड अफर अन्तरर्गत प्रत्येक गाडीहरुको खरीदमा १० ग्राम सुनको सिक्का उपलब्ध गराइने एमभी दुगड ग्रुपले जनाएको छ।
महिन्द्रा एण्ड महिन्द्रा कम्पनीेद्धारा उत्पादित लोडकिङ्ग अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक नेपालको बाटो र माटो दुवै सुहाउँदो भएको कम्पनीको दावी छ।
भार बहन क्षमताको हिसाबमा अप्टिमो २.६ को ४ टन तथा ३.३ ट्रकको ५ टनसम्मको रहेको छ। हालै एमभी दुगडले महिन्द्रा कमर्सियल गाडीहरुको ग्राहक मेला सम्पन्न गरेको छ।
कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट नेपाल प्रमुख चैतन्य कागलकर, बिक्री प्रमुख ढमिन्दर महलोत्रा तथा एमभी दुगड ग्रुपका तर्फबाट भाईस चेयरमे विबेक दुगड लगायत ५०० भन्दा बढी व्यवसायी ग्राहक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु सहभागी थिए।