आइएमइ ग्रुप अन्तर्गत सवारी साधनहरुको कारोबार गर्ने भगिनी संस्था आइएमइ अटोमोटिभ्स प्रालिले भारतमा निर्मित अमेरिकन (यूएम)का मोटरसाइकल रिनिगेड ३०० सिरिज नेपाली बजारमा ल्याएको छ।
आइएमइ अटोमोटिभ्सले आइतबार एक कार्यक्रमका बीच रेनिगेड कमाण्डो ३०० र रेनिगेड स्पोर्ट एस ३०० मोडलको बाइक सार्वजनिक गरेको हो।
कार्यक्रममा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्र प्रकाश ढकाल, आइएमइ अटोमोटिभ्सका डाइरेक्टर सन्दिप अग्रवाल र सुमन पोखरेल, प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र युएम भारतबाट आएका पंकज सिंह लगायतको उपस्थिति थियो।
यी बाइकहरु यसअघि नै नाडा अटो शोमा नेपालमा परिचत गराइएको थियो। यी बाइकले बढी माइलेज दिने, अर्कशक डिजाइन भएको र पुर्ण डिजिटल मिटरहरु भएको कम्पनीको दाबी छ।
युएम बाइकको प्रमुख मोडलहरु रिनिगेड कमान्डो र रिनिगेड स्पोर्ट एस ३०० सिरिज सेगमेन्टले बाइक राइडरहरुलाई विश्व स्तरीय बाइकिङ अनुभव दिने आइएमइ अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए।
कार्यक्रममा आइएमइ ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ‘आइएमइ अटोमोटिभ्सले युएम ब्राण्डका ३०० सिरिजका रिनिगेड क्रुजर र स्पोर्टको नेपालमा आधिकारिक रुपमा बिक्री बितरण सुरु गरेको छ र यी बाइकहरु भारतमा उत्पादन भएको हुँदा नेपालीहरुले सहज रुपमा खरिद गर्न सक्नेछन्।’
यस्तो छ विशेषता‘फिल द फ्रिडम’ थिमको ‘रेनिगेड कमाण्डो ३००’ मा ४ स्ट्रोक लिक्विड कुल्ड इन्जिन भएको क्रुजर बाइक हो। यसमा चौडा ह्याण्डलबार, हाइड्रोलिक टेलिस्कोपिक फ्रन्ट र स्प्रिङ रेयर सस्पेन्सन समावेश छ। १८ लिटर इन्धन क्षमताको यो बाइकको तौल १७२ किलो रहेको छ। यसको मूल्य ४ लाख ९२ हजार निर्धारण गरिएको छ।
त्यसैगरी ‘रुल द स्ट्रिट’ थिमको ‘रेनिगेड स्पोर्ट एस ३००’ मोडल बल र नियन्त्रणको संयोजन भएको कम्पनीले जनाएको छ। यसमा इलेक्ट्रिक स्टार्टसँगै एयर फिल्टरमा पेपर इलेमेन्टको नविनता भएको कम्पनीको दावी छ। यसको अगाडिको पांग्रामा टेलिस्कोपिक सस्पेन्सन र पछाडिको पांग्रामा ड्युल सक अब्र्जरभर रहेको कम्पनीले जनाएको छ। १८ लिटर इन्धन क्षमताको यो बाइकको तौल १७२ किलो रहेको छ। यसको मूल्य ४ लाख ९९ हजार निर्धारण गरिएको छ।