सिप्रदी टेडिङ्गले आयोजना गरेको टाटा मोटर्स कार मेला सिजन ५ मा १ सय जनाले टाटाका गाडी किन्नका लागि बुकिङ गरेका छन्।
नक्सालमा आयोजना गरिएको ३ दिने मेला २५ सय भन्दा बढीले अवलोकन गरे। अवलोकनकर्ताले टाटाका विभिन्न कारहरुबारे जानकारी लिँदै टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए।
आयोजक सिप्रदीका अनुसार सो कार मेलामा ६८० भन्दा बढीले टाटाका विभिन्न मोडलका कारहरु टेस्ट ड्राइभ गरे। साथै ३ सय भन्दा बढी सहभागी दर्शकहरुले एक्स्चेन्जको लागि आफ्नो पुरानो गाडीको मूल्याङ्कन गराए।
उक्त मेलामा कलाकारहरुले साल्सा डान्स, बेली डान्स लगायत साँगीतिक कार्यक्रमका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका दिए। शनिबार अपरान्ह हास्य कलाकार जितु नेपालले आफ्नो प्रस्तुतीद्वारा दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे।
साथै मेलाका अन्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स सुविधा, पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, हुभरबोर्ड डान्स र पुरस्कार वितरण लगायतका कार्यक्रमहरु थिए।