एम.भि. दुगड ग्रुपले महिन्द्रा कमर्सियल गाडीहरुको ग्राहक मेला सम्पन्न गरेको छ। सोही अवसरमा महिन्द्राका नयाँ दुई मोडेल अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक सावर्जनिक समेत गरिएको छ।
महिन्द्रा एण्ड महिन्द्रा कम्पनीेद्धारा उत्पादित लोडकिङ्ग अप्टिमो २.६ टिपर तथा अप्टिमो ३.३ ट्रक नेपालको बाटो र माटो दुवै सुहाउदो भएको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले जनाएको छ।
भार बहन क्षमताको हिसाबमा अप्टिमो २.६ टिपर ४ टन तथा अप्टिमो ३.३ ट्रकको ५ टनसम्म बहन गर्ने क्षमता भएकोले नेपाली बजारको लागि अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ।
मेलामा कम्पनीले मनसुन गोल्ड अफर अन्तर्गत प्रत्येक गाडीहरुको खरीदमा १० ग्राम सुनको सिक्का उपलब्ध गराउने जनाएको छ।