नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ।
सोमबार आयोजित एक कार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले यो सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन।
उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउने कम्पनीले जनाएको छ।
उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर र ह्विलइ कुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसके पछि उक्त मोबाइल सर्भि सभ्यानले सोहि स्थानमा गएर मर्मत गर्ने बताइएको छ।
यो भ्यानले अहिलेलाई काठ्माडौं उपत्यका, धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा सेवा प्रदान गर्ने र भबिष्यमासेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुयाईने कम्पनीले जनाएको छ।
यस अघि पनि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ।