यामाहाको एफजी २५ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि यामाहा बाइक तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सार्वजनिक गरेको एफजी २५ मा अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको छ।
एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन यसमा रहेको कम्पनीले जनाएको छ।
विशेषतः युवा पुस्तालाई केन्द्रित गरेर बनाइएको यो मोटरसाइकलले २० देखि ३५ वर्षसम्मका उमेर समुहलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ।
बाइकमाथि नियन्त्रण सहज गर्न यसको वजन तौल जम्मा १४८ केजी कायम गरिएको छ। । यी विशेषताहरुले यसलाई ‘एफजी वल्र्ड’ को ‘पावरफुल, मिड–क्लास र स्ट्रिट फाइटर’ बनाएको कम्पनीको भनाइ छ।
नेपाली सडक सुहाउँदो बनाइएको भनिएको ‘स्ट्रिट फाइटर’ले ४३ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ। यो मोटरसाइकल ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’ गरी तीन वटा आर्कषक रङमा उपलब्ध छ।
एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ को बजार मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ तोकेको छ।
जापानी बजारमा सफल स्पोर्टस बाइकमा प्रयोग हुने २४९ सीसीको विश्वासिलो इन्जिन एफएजी २५ मा जडान गरिएको छ। नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको कम्पनीले जनाएको छ।
यसमा यामाहाको प्योटेन्टेड ब्लुकोर इन्जिन रहेको छ, जसले पर्फमेन्सलाई बढाउने मात्र होइन इन्धन खपतलाई न्युन गर्छ। यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डर्डमा निर्माण गरिएको बताइएको छ।
८ हजार आरपीएममा २०.९ पीएसको अधिकतम पावर र ६००० आरपीएममा २० एनएम बराबरको अधिकतम टर्क उत्पन्न गर्ने ‘एफजी २५’मा एएचओ (अल टाइम हेडलाइट अन) प्रविधिको लिड हेडलाइट छ, जुन २५० सीसीको बाइकमा पहिलो भएको कम्पनीले दाबी गरेको छ।
यसमा आकर्षक एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, मडगार्ड र एमटी सिरिजका बाइकमाझैं स्पोक डिजाइन भएका ह्विल र रेसिङ स्टाइलको फुटप्याड छन्।
बढी पावर, आकर्षक नयाँ फिचर, स्पोर्टी लुक भएको यामाहाको नयाँ विकल्पले ग्राहकहरुलाई सन्तुष्ट पार्नेमा आफुहरु विश्वस्त भएको एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बताए।
‘यो मोटरसाइकल पावर, कन्ट्रोल र ब्यालेन्सको मिक्सचर हो, स्ट्रिट, स्मार्ट र युवा राइडर्सप्रति लक्षित छ’ उनले भने, ‘अब एफजी राइडरहरुले हाइयर रेन्ज मोडेलको अनुभव गर्न पाउने छन्।’
नेपाली बाइकप्रेमीलाई हाई पावर, हाई टर्क, आकर्षक फिचर, मस्कुलिन लुक्स र एग्रेसिभ स्टाइलसहितको नयाँ विकल्प दिन पाउँदा आफूहरु खुसी भएको उनले बताए। ‘हामीलाई विश्वास छ कि नयाँ बाइकले राइडिङ एक्सपिरियन्सलाई नयाँ उचाइमा पु¥याउनेछ’ अग्रवालले भने।
एफजी सिरिजका अन्य मोटरसाइकल जस्तै यसलाई पनि नेपालीहरुले अत्याधिक मन पराउने एमएडब्लु इन्टरप्राइजेजका सहमहाप्रबन्धक दिपक रौनियारको दाबी छ।
‘एफजी विरासतलाई पछ्याउँदै यो नयाँ बाइकले उच्च तहको राइडिङ पर्फमेन्स र स्टाइलिङ डिएनएलाई अँगालेको छ । एफजी२५ युवा राइडर्सका लागि लक्षित भए पनि उत्कृष्ट डिजाइन र आरामदायी विशेषताले यो बाइक दैनिक प्रयोजनका लागि पनि उपयुक्त छ’ उनले भने।
यसैबीच, एमएडब्लु इन्टरप्राइजेजले एफजी २५ को टेस्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहारको योजना समेत ल्याएको छ। सीमित अवधिका लागि संचालन हुने यो योजनाअनुसार यामाहाको नयाँ बाइकको टेस्ट राइड गर्नेले एप्पलको म्याकबुक जित्ने मौका पाउनेछन्।