नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले २०७४ को दसैँ तिहारका लागि ‘‘ ६ नि शान’ ’ योजना ल्याएको छ। यो योजना भदौ ४ गतेदेखि सुरु भएको हो।
यो योजनाको अवधिभर, खरिदकर्ताहरुले बजाज मोटरबाइकको खरिदमा स्क्र्याच कुपन प्राप्त गर्नेछन् कुपनको आधारमा ६ हजार देखि ६ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले देशभर रहेका बजाजका आधिकारिक डिस्ट्रिब्यूटरहरुबाट बजाज बाइक खरिद गरेको हुनुपर्नेछ ।
एच.एच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध भएको र त्यसैको निरन्तरता यो योजना भएको एचएच कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले जानकारी दिए।