नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ।
यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको हो।
एमएडब्लुले ८ गते देखी सुरु गरेको दसैं एक्सचेन्ज भक्तपुर, चाहविल, नैकाप, टेकु, मिर्चैया, तमघास र प्युठानमा १० गतेसम्म चल्नेछ।
त्यसैगरी, ९ र १० गते धनुषा र ९, १० र ११ मा जनकपुरमा एक्सचेन्ज क्याम्पको आयोजना भइरहेको कम्पनीले जनाएको छ।
एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको कम्तीमा २५ हजार पाउनेछन्। त्यस्तै यहाँ नयाँ बाइकको खरिदमा ‘स्पट फाइनान्सिङ’को व्यवस्था पनि हुने बताइएको छ।
यो योजना अन्तर्गत कुनै पनि ब्रान्डको जस्तोसुकै अवस्थामा रहेको पुरानो मोटरसाइकल र स्कुटरको न्युनतम २५ हजार मूल्यांकन पाइनेछ। यसका लागि ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बिलबुक उपलब्ध गराउनुपर्नेछ। यो योजना यामाहाका ३४ सोरुममा यो योजना संचालन भइरहेको छ ।
त्यसैगरि यामाहाले आफ्नो दसैं अफर ‘क्यास–इन–ओ’लाई पनि जारी राखेको छ । यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउनेछन । साथै,ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन्। यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा ¥यापिड जित्न सक्नेछन्।