अटोमोबाइल तथा यातायातको क्षेत्रमा पछिल्लो चमात्कारिक प्रयोगमा सफल भएको टेस्ला तथा स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले फेरि अर्को घोषणा गरेका छन्।
अन्तरिक्षमा रकेट छोड्ने र सडकमा विद्युतिय कार दौडाउन सफल भएपछि मस्कले व्यस्त सहरकोबीचमा जमिन मुनी सडक संजाल निर्माण गर्ने घोषणा गरेका छन्।
बोरिङ कम्पनी स्थापना गरेर विश्वका सहरमा मुख्य समस्याको रुपमा रहेको ट्राफिक व्यवस्थापन गर्नको लागि जमिन मुनी सडक संजाल विस्तार गरेर द्रुत मार्गको विकास गर्ने मस्कले योजना अगाडि सारेका छन्।
अमेरिकको लस एन्जलस सहरको जमिन मुनी थ्रीडी सडक संजान विकास गरेर विश्वलाई फेरिक अर्को अनौठो विकास गरेर देखाउने मस्कको दाबी छ।
भिडियाे
https://www.youtube.com/watch?v=QXrlRhYriN0