नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट् ब्रान्डको इन्ट्रि लेभल ह्याचब्याक बनेको छ ।
नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन–रोड डाइनामिक्स जस्ता विशेषता छन् । ४ सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट् ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।