इम्याजिन नेपालद्वारा आयोजित काठमाडौं–लोमांगथांग– पोखरासम्मको साहासिक मोटर यात्राको लागि अग्नि इन्कर्पोरेटेडले महिन्द्रा थारका सहभागी सदस्यहरुलाई मात्र आफ्नो तर्फबाट प्रायोजन गरेको छ ।
उक्त प्रायोजनमा कूल खर्चको ७० प्रतिशत रकम अग्नि इन्कर्पोरेटेडले व्यहोर्ने भएको छ । पचास हजार रुपैयाँ पं्रतिव्यक्ति सहभागीता शुल्क तोखिएकोमा प्रायोजन पछि १५ हजार रुपैयाँमात्र लाग्ने छ।
यात्रा नोभेम्बर महिनाको ६ तारिखमा काठमाडौंबाट सञ्चालन भई १२ तारिखमा पोखरामा आई समापन हुने छ । सहभागीहरुको यात्रा काठमाडौ–पोखरा–जोमसोम हुँदै अन्तिम गन्तव्य लोमांगथांगमा पुगी पुनः पोखरासम्म आई पुगेपछि समाप्त हुने छ ।