नेपालका लागि अशोक लेलैण्ड गाडीको आधिकारिक बिक्रेता, आइएमई मोटर्स प्राÞ.लिको मेची अञ्चल स्थित डिलर सहारा अटोमोबाईल्स एण्ड कम्पनीप्रा.लि. ले झापाको बिर्तामोड, चारपानेमा अशोक लेलैण्ड गाडीहरुको लगि सर्भिस सेन्टर तथा कर्मशीयल गाडीहरुको शोरुम आजदेखि सञ्चालनमा ल्याएको छ ।
यो फुलफ्लेज्ड सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने जानकारी गराईएको छ । उक्त थ्रि—एस (सेल्स,सर्भिस र स्पेयर्स ) सेटअपको उद्घाटन आइएमई मोर्टसका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेलैण्ड भारतका रिजनल मेनेजर श्री तनमय मित्रा, उद्योग बाणीज्य महासंघका केन्द्रीय सदस्य उमेश डालिमिया र सहारा अटोमोबाइल्स एण्ड कम्पनीका अध्यक्ष महेन्द्र गिरीले संयुक्त रुपमा गरेका थिए।
अशोक लेलैण्डले १ टन देखि ४९ टन सम्मका समानबोक्ने गाडीहरु, १६ सिट देखि ७० सिट क्षमताकाबसहरु तथा ४ क्युविक मिटर देखि २२ क्युविक मिटर क्षमताका टिप्पर ट्रकहरु र बिभिन्न स्पेशलप्रयोजनका गाडीहरु ( दमकल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल ट्याङ्कर, ग्यास बुलेट आदि ) उत्पादनगर्ने र ती गाडीहरु नेपालमाआयातगरि बिक्रीगर्ने र बिक्री पछिको सेवा दिने कार्य आइएमईले गरिरहेको छ।