नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले एकै छानामा सेल्स, सर्भिस र स्पेर पार्ट्स (थ्री एस)को सुविधा प्रदान गर्ने उद्देश्य सहित जनकपुर स्थित आफ्नो डिलर ओम अटोमोबाइलसको संयोजकत्वमा नयाँ थ्री एस सेन्टर उदघाटन गरेको छ। जनकपुर र वरपरका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडीको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिेएको कम्पनीले जानकारी दिएको छ।
थ्री एस सेन्टरको उद्घाटन ओमका अध्यक्ष वैधनाथ साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टलका डेपुटी जनरल म्यानेजर रूपेस शर्मा भट्टले संयुक्त रुपमा गरेका थिए।
सेन्टरको सोेरुममा ५ देखि ७ वटा सम्म गाडि डिस्प्ले, तालिम प्राप्त प्राविधिकहरु तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ । यसमा महिनामा तीसयवटा सम्म गाडीलाई सेवा दिने क्षमता रहनुको साथै प्रशस्त पार्किङ्ग व्यवस्था पनि भएको कम्पनीले जानकारी दिएको छ।