एनएमबि बैंकले घर बनाउन वा नयाँ घर–जग्गा किन्नका लागि ३५ वर्षे लामो अवधि भएको आकर्षक घरकर्जा योजना ल्याएको छ।
निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस् भन्ने चाहनाले यस्तो योजना ल्याइएको बैंकले जनाएको छ।
अतुलनीय ब्याज दर, न्युनतम मासिक किस्ता, तथा लामो समय अबधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास छ। ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको बैंकको दावी छ।