आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लमिटेडको आइएमई पेले नयाँ वर्षको अवसरमा 'आइएमई पेसँग २०८०, १०० % खुसी' नामक अफर सार्वजनिक गरेको छ।
२०८० वैशाख १ देखि ३१ गतेसम्म सञ्चालन हुने यो अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुविधा प्रयोग गर्ने दस सेवाग्राहीले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यो अफरमा सहभागी हुन सेवाग्राहीले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्युआर, हवाई टिकट खरिद, रेमिटेन्स लगायत सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ। ग्राहकई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ यो अफर सञ्चालन गरिएको कम्पनीको भनाइ छ।