खाता खोल्दा तपाई के आधारमा बैंक छान्नुहुन्छ? सबैभन्दा बढी ब्याज दिने बैंक हेर्नुहुन्छ कि सबैभन्दा बढी शाखा कार्यालय भएको बैंक? धेरै एटिएम भएको बैंकलाई पहिलो प्राथमिकतामा राख्नुहुन्छ? वा बैंकले दिने अरु सुविधा तथा फाइदा पनि हेर्नुहुन्छ?
प्रायः हामी सबैभन्दा बढी ब्याज दिने बैंक हेरेर खाता खोल्ने निर्णय गर्छौं। तर ब्याजको पछि लाग्दा बैंकले दिने अन्य आकर्षक फाइदाहरु गुमाइरहेको पत्तो नपाउन सक्छौं।
पछिल्लो समय बैंकहरुका बीचमा व्यवसाय विस्तारका लागि तीव्र प्रतिस्पर्धा हुँदा विभिन्न निक्षेप योजनाहरु ल्याएर ग्राहक आकर्षित गरिरहेका छन्। यस्ता प्रतिस्पर्धाले ग्राहकलाई फाइदा पनि हुने गर्छ।
तर स्किमहरु ल्याएर ग्राहकलाई लोभ्याइरहेका मात्र छन् वा त्यसले साँच्चै फाइदा पुग्छ भन्नेमा भने ध्यान दिनु जरुरी छ।
केही दिनअघि मात्रै एनआइसी एसिया बैंकले ग्राहक सामु नयाँ खाता पेश गरेको छ। ‘न्यु सुपर चमत्कारिक खाताहरु’ नाम दिएको उक्त योजनामा ग्राहकले बचत खाताको ब्याज आर्जन बाहेक न्युनतम ५० हजारदेखि अधिकतम २ लाख १४ हजार रुपैयाँसम्मको फाइदा पाउँछन्। खाता खोल्ने ग्राहकले ब्याज मात्रै नभई सुपर चमत्कारिक फाइदा प्राप्त गर्ने बैंकको दावी छ।
‘न्यू सुपर चमत्कारिक खाताको नाम मात्र चमत्कार नभएर यो खातामा बैंकले प्रदान गरेको अतुलनीय तथा असीमित फाइदाहरु राम्ररी ग्राहकले बुझ्ने हो भने, यो खाता साँच्चिकै चमत्कारिक छ’ बैंकले भनेको छ।
कसरी हुन्छ त एनआइसी एसियाको बैंक खातामा चमत्कार?
२१ लाखको बीमा सुविधाबाट करिब १४ हजार बचत
बैंकले न्यू सुपर चमत्कारिक खातामा तीन विभिन्न प्रकृतिका बीमावापत २१ लाखसम्मको सुरक्षा सुविधा दिने बताएको छ। बैंकका अनुसार १० लाखको दुर्घटना बीमा, १० लाखको घातक रोगहरुसम्बन्धी बीमा र १ लाखको मेडिकल बीमा सुविधा दिइनेछ।
औषधिउपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई बहिरंग (इएम) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रुपैयाँ सम्मको बीमा सुविधा प्रदान गर्नेछ।
२१ लाखको बीमा सुविधा प्राप्त गर्न सामान्यतया ग्राहकले १४ हजार रुपैयाँजति बीमा शुल्क बुझाउनु पर्ने हुन्छ। तर बैंकले एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेअनुसार बीमा बापतको प्रिमियम बैंकले नै बीमा प्रदायकलाई तिर्नेछ। यसले ग्राहकलाई उक्त बीमा शुल्क बापतको १४ हजार रुपैयाँ फाइदा हुनेछ।
कर्जा सम्बन्धी चमत्कारिक सुविधाबाट १ लाख १३ हजारसम्मको फाइदा
न्यू सुपर चमत्कारिक बचत खाता हुने डायमण्ड वर्गका ग्राहकले यदी ५० लाखको कर्जा उपयोग गर्दा उक्त ग्राहकलाई करिब १ लाख १३ हजार रुपैयाँ बराबरको ब्याज तथा प्रशासनिक शुल्कमा फाइदा पुग्ने छ।
यो फाइदा कसरी हुन्छ?, न्यू सुपर चमत्कारिक खाता हुने ग्राहकलाई बैंकले कर्जाको ब्याजदरमा विशेष छुट र कर्जासँग सम्वन्धित प्रशासनिक शुल्कमा २५ ‘बेसिस प्वाइन्ट’सम्मको छुट दिने भनेको छ। यो सुविधा यस बैंकमा खाता हुने ग्राहकले मात्र प्राप्त गर्ने बैंकले जनाएको छ।
बीमा र कर्जा मात्र होइन, अन्य २५ चमत्कारिक सुविधाबाट ८७ हजारसम्मको फाइदा
आजकाल बैंक खाता खोल्नेलाई प्रायः डेबिट कार्ड, क्रेडिट कार्डजस्ता सुविधा अपरिहार्य भएका छन्। तर यी सेवाहरु लिनको लागि ग्राहकले केही रकम खर्चिनुपर्ने हुन्छ। एनआइसी एसिया बैंकले न्यू सुपर चमत्कारिक बचत खाता खोल्ने ग्राहकका लागि यी सेवा सुविधा निःशुल्क उपलब्ध गराउने भएको छ।
नेपालको कुनै पनि बैंकको एटिएमबाट निःशुल्क रुपमा रकम झिक्न मिल्ने व्यवस्था यस खातामा रहेको छ। ग्राहकलाई सूचना प्रविधिको प्रयोगवापत परिष्कृत तथा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले यस बैंकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आइभिआर सेवा, भाइबर बैंकिङ्ग सेवा, निःशुल्क ई–कमर्स सेवा, स्विप इन–स्विप आउट, अनलाइन खाता खोल्न मिल्ने लगायतका निःशुल्क सेवाहरु उपलब्ध गराएको छ। साथै ग्राहकको सामानको सुरक्षाको लागि निःशुल्क लकरको पनि सुविधा छ।
यी सेवाको बजार मूल्य गणना गर्दा खातावालाले ८७ हजार रुपैयाँ बराबरको निःशुल्क सेवा प्राप्त गर्ने छन्। यो नै न्यू सुपर चमत्कारिक खाता खोल्दा पाइने चमत्कारिक फाइदा रहेको बैंकले जनाएको छ।
बैंकले न्यू सुपर चमत्कारिक बचत खाताहरुमा डायमण्ड श्रेणीमा मात्रै नभई गोल्ड र सिल्भर श्रेणीमा पनि विभिन्न फाइदाहरु दिनेछ।
के तपाई आफ्नो बचत रकममा उच्च ब्याज आम्दानी गर्ने बाटो खोज्दै हुनुहुन्छ? एनआइसी एसिया बैंकको स्विप इन–स्विप आउट सुविधाले तपाईको इच्छा पुरा गर्नेछ।
के हो स्विप इन र स्विप आउट?
बचत खातामाजस्तै चाहेको बेलामा रकम राख्न र झिक्न पाइने सुविधा तर व्याज भने मुद्दती खाताको जति नै पाइने व्यवस्थालाई मिलाएर बैंकले यो सुविधा ल्याएको छ।
स्विप इन–स्विप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाखभन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई १० हजारले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र बचत खातामा बढीमा ६.५ प्रतिशत ब्याजदर पाइरहेका ग्राहकले मुद्दती खातामा जाने वित्तिकै ९.७५ प्रतिशतसम्मको ब्याज पाउने बैंकले जनाएको छ।
यसरी मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ। यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतःउपलब्ध गराउँछ। यो बैंकको स्वचालित प्रणालीबाट हुने हुनाले ग्राहकलाई कुनै झमेला नहुने बैंकले जनाएको छ।
तपाईको कुनै बैंकमा तलब खाता त छ? तर के तपाईलाई बैंकले आवश्यक परेको बेलामा सजिलै ऋण उपलब्ध गराउँछ?
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामध्ये अर्को एउटा मननयोग्य खाता भनेको न्यू सुपर चमत्कारिक तलब बचत खाता हो। जुन सार्वजनिक संस्था, सरकारी निकाय र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई लक्षित गरी ल्याइएको हो।
न्यू सुपर चमत्कारिक तलब बचत खाता हुने ग्राहकलाई अकस्मात पैसा चाहियो वा कर्जा आवस्यक भएमा बैंकले आधारभुत तलबको २५ महिनाको तलब बराबरको ऋण सुविधा दिनेछ। बैंकले बढीमा १५ लाखसम्म विनाधितो कर्जा सुविधा दिने बताएको छ। यो अपत्यारिलो लागे पनि यथार्थता रहेको बैंकको दावी छ।
उक्त १५ लाखको ऋण सुविधामा पनि, बैंकले ५ लाखको ओभर ड्राफ्ट बनाएर ब्याज मात्रै तिर्नेगरी तथा १० लाखको किस्ता र ब्याज तिर्न सकिने सुविधा थपिदिएको छ। यसका अतिरिक्त ग्राहकले घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा लगायतका कर्जाहरु पनि न्यू सुपर चमत्कारिक तलब बचत खाता हुनेले सहुलियत ब्याजदर तथा प्रशासनिक शुल्कमा छुट सहित प्राप्त गर्न सक्ने छन्।
बैंकले २ लाखसम्मको क्रेडिट कार्ड सुविधा पनि दिने बताएको छ। क्रेडिट कार्डबाट कुनै महिना मोटो रकम खर्च भयो भने त्यसलाई मासिक रुपमा भाग लगएर १२ महिनामा तिर्न मिल्ने पनि बनाउन सकिन्छ जसले गर्दा ग्राहकलाई एकैचोटि धरै आर्थिक भार पर्नबाट जोगाउँछ।
यस्तै बैंकले न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता जस्ता अन्य सुविधा सम्पन्न खाताहरु पनि संचालनमा ल्याएको छ जसबाट विभिन्न चमत्कारिक फाइदाहरु लिन सकिन्छ।
बचत खातामा बैंकले तीन प्रकारका खाता छुट्याएको छ, सिल्भर, गोल्ड र डाइमन्ड। सिल्भर खातामा हजार रुपैयाँ न्यूनतम बचत गर्नुपर्छ, गोल्डमा यसको सिमा २५ हजार र डायमन्डमा ५० हजार न्यूनतम मौज्दातमा खाता खोल्न सकिन्छ।
पछिल्लो समय बैंकिङ व्यवसायमा आक्रामक भइरहेको एनआइसी एसियाले यी आक्रामक योजनाबाट ग्राहक पूर्णतः सन्तुष्ट रहने दावी गरेको छ।
‘यी खातामा जति अतुलनीय र असीमित फाइदाहरु प्रदान गरिएको छ, त्यसले आम जनमानसमा एउटा तरङ्ग नै ल्याउने छ र यो योजना सफल हुनेछ’ बैंकले भनेको छ।